स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको सबैमा आग्रह

स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको सबैमा आग्रह

काठमाडौं ७ साउन। सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले सबैमा आग्रह गरेकी छिन् ।

आज ट्वीट गर्दै उनले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आग्रह गरेकी हुन् । ‘‘जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि, कोरोना महामारीको जोखिम टरिसकेको छैन”, उनले ट्वीटमा भनेकी छिन् ।

गएराति १२ बजेदेखि गत चैत ११ गतेदेखि जारी राखेको बन्दाबन्दी  हटाएको छ ।



ट्रेन्डिङ