पौडी खेल्ने क्रममा २ जना बेपत्ता, १ को शव भेटियो

पौडी खेल्ने क्रममा २ जना बेपत्ता, १ को शव भेटियो

रुकुम पश्चिम ७ साउन । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ५ स्थित स्यार्पूतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जनामध्ये १ को शव भेटिएको छ ।

पौडी खेल्ने क्रममा बाफिकोट गाउँपालिका–५ का २० वर्षीय अनिल घर्ती र सोही स्थानका २३ वर्षीय लोक घर्ती बेपत्ता भएका थिए ।

उद्दार कार्यमा खटिएका प्रहरी टोलीले लोक घर्तीको शव भेटाएको जनाएको हो ।

अर्का बेपत्ता खनिल घर्तीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ