चितवनका नदीहरुमा पानीको बहाब घटेसँगै पाँचवटा शव फेला

चितवनका नदीहरुमा पानीको बहाब घटेसँगै पाँचवटा शव फेला

चितवन ७ साउन । नारायणी नदीमा पानीको बहाब घटेसँगै चितवनका विभिन्न ठाउँमा नदीले बगाएको पाँच शब भेटिएका छन् । भेटिएका शव मध्य एकजनाको मात्रै पहिचान खुलेको छ अन्य बाँकीको पहिचान हुन सकेको छैन । शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

एकजना अन्नदाजी १५ वर्षकी बालिका र एकजना पुरुषको शव भरतपुरको वडा न.. १ ठिमुरामा शव फेला परेको हो । दुवैजनाको शव पहाडीक्षेत्रबाट बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । यसैबीच भरतपुर महानगरपालिका वडा नम्बर १६ बस्ने वर्ष ४० का सानो कान्छा भन्ने कर्णबहादुर सुनारको उनको वडा नम्बर १६ कै झनझने भन्ने ठाउँमा शव भेटिएको हो । उनी मंगलबार बिहान ११ बजे हराएका थिए । उनको आफन्तले नदी किनार वरीपरी खोजी गर्दा शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भरतपुरकै वडा नम्बर १ गैँडाचोक नारायणी तिरस्थित नदी किनारमा अन्दाजी ५० वर्षीय एक महिलाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले बताएका छन् ।  पूर्वी चितवनको खैरहनी नगरपालिको बुढी राप्ती खोलामा बगाएर ल्याएको अन्दाजी ५० वर्षका पुरुषको लाश भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



ट्रेन्डिङ