पहिरोले घर बगाउँदा आमाको मृत्यु, छोरी घाइते

पहिरोले घर बगाउँदा आमाको मृत्यु, छोरी घाइते

काठमाडौं ७ साउन। बुधबार बिहान पहिरोले स्याङ्जामा एक घर बगाउँदा आमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् ।

घरमाथिबाट खसेको पहिरोले घर बगाउँदा गल्याङ नगरपालिका–१० गाउँस्वाराकी ५२ वर्षीया माया सारुको मृत्यु भएको स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले बताए ।

उनकी ३० वर्षीया छोरी नारायणी सारु भने घाइते भएकी छन् ।



ट्रेन्डिङ