PBM News
लमजुङमा पहिरो आउँदा १८ घर पुरिए

लमजुङ ७ साउन। बुधबार बिहान उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीमा पहिरो आउँदा १८ घर पुरिएका छन्।
बिहान आएको पहिरोमा परेर ३ जना घाइते भएका छन्। पहिरोले अन्य मानवीय क्षति भने भएको छैन।
उक्त गाउँमा झण्डै ८० घर रहेका छन्। पहिरोका वरिपरि रहेका अन्य घरहरू अहिले जोखिममा रहेका छन्।
यस्तै, मर्स्याङ्दी गाउँपालिकाकै भुलभुलेमा पहिरोले ३ वटा घर भत्किएका छन्।