म नभए केही पनि चल्दैन भन्ने भावनाको अन्त्य हुनुपर्छ : माधव नेपाल

म नभए केही पनि चल्दैन भन्ने भावनाको अन्त्य हुनुपर्छ : माधव नेपाल

काठमाडौं ७ साउन। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा  विज्ञप्ति जारी गर्दै कम्युनिस्ट पार्टीले व्यक्तिको ‘अलौकिक र ‘चमत्कारिक’ नेतृत्वमा विश्वास नगर्ने नेकपाका नेता माधवकुमार नेपालले बताएका छन्। कम्युनिस्ट पार्टीलाई उनले सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने क्रान्तिकारी संस्थाको संज्ञा दिएका छन्।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्दतिमा आधारित र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक रहेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा  विज्ञप्ति जारी गर्दै नेता नेपालले कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएकाले यसलाई त्यही अनुसार कमिटी प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने मान्यतालाई व्यवहारमा लागू गर्नुपर्ने बताएका हुन्।



ट्रेन्डिङ