आजदेखि १ हजारको नोटमा २ वटा हात्ती

आजदेखि १ हजारको नोटमा २ वटा हात्ती

काठमाण्डौं ७ साउन । लनचल्तीमा रहेको नेपाली १ हजार रुपैयाँको नोट परिवर्तन हुने भएको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना निकाल्दै १ हजारको नोट परिवर्तन गर्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार अब बजारमा आउने १ हजारको नोटमा २ वटा हात्तीको चित्र राखिनेछ । ७ साउनदेखि बजारमा आउने सो नोटमा राम-लक्ष्मण मानिने १ जोर हात्ती अंकित चिह्न राखिने बैंकले जनाएको हो ।

बैंकले सङ्केत नम्बर नं.ज./ ६८ ०००००१ देखि ट/१०० ९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रु १ हजार तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसमेत रहने जनाएको छ ।

नोटको पछाडिको भागको हात्तीको चित्र मात्र परिवर्तन हुने र बाँकी कुनै परिवर्तन नगरिने राष्ट्र बैंकको भनाइ छ ।



ट्रेन्डिङ