त्रिविका स्थगित परीक्षा भदौ पहिलो साताबाट,क्याम्पस साउन ७ बाट खुल्ने

त्रिविका स्थगित परीक्षा भदौ पहिलो साताबाट,क्याम्पस साउन ७ बाट खुल्ने

काठमाडौं ७ साउन। कोरोना महामारीका कारण स्थगित परीक्षाहरु त्रिभुवन विश्वविद्यालयले भदौ पहिलो साताबाट गर्ने निर्णय गरेको छ।

स्थगित परीक्षाहरु पुनः गर्ने निर्णय गरिएको हो। परीक्षा दसैंअघि सक्ने र दसैंपछि अन्य नियमित परीक्षा  गर्ने त्रिविको तयारी छ।

यसैबीच, त्रिवि जनसम्पर्क तथा सूचना महाशाखाले त्रिविका क्याम्पसहरु साउन ७ देखि खुल्ने जनाएको छ।

 



ट्रेन्डिङ