पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन घाइते

पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन घाइते

झापा ७ साउन। पहिरोले घर पुर्दा झापा जिल्लाको बुद्धशान्ति गाउँपालिकामा एकजनाको मृत्यु भएको छ ।

बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको हाे ।

मेचीनगरबाट बुद्धशान्ति–७ निवासी तेजकुमार बराइलीको घरमा पाहुना आएका दर्नालको मङ्गलबार राति गएको पहिरोले घर पुर्दा मृत्यु भएको छ ।

पहिरोका कारण बराइलीको घर भत्किँदा ७७ वर्षीया तीलमाया बराइली, २१ वर्षीया कल्पना बराइली, १९ वर्षीया पृष्टिना बराइली घाइते भएका छन् ।

 



ट्रेन्डिङ