पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृत्यु

वीरगञ्ज ७ साउन। पौडी खेल्ने क्रममा पर्साको जगरनाथपुर गाउँपालिकामा डुबेर एक जना किशोरको मृत्यु भएको छ ।

जगरनाथपुर–६ माधोपुर बस्ने १६ वर्षीय कृष्ण पटेलको मृत्यु भएको हो ।

जगरनाथपुर–६ स्थित नौरंगी खोलामा पौडी खेल्ने क्रममा मंगलबार साँझ ५ बजे डुबेर पटेल वेपत्ता भएका थिए ।

खोजतलासका क्रममा एक घन्टापछि उनको शव भेटिएको थियो ।



ट्रेन्डिङ