Banner News
आज राति १२ बजेबाट लक-डाउन अन्त्य हुने

चितवन ६ साउन। सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि घोषणा गरिएको लक-डाउन अन्त्य भएको निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद बैठकले लक-डाउन अन्त्य गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा. युवराज खतिवडाले लक-डाउन अन्त्य गर्ने निर्णय भएको जानकारी दिए ।
लक-डाउन आज मंगलवार राति १२ बजेबाट अन्त्य भएको डा. खतिवडाले बताए ।
तर स्कूल, सेमिनार, पार्टी, भोज, सिनेमा जस्ता बढी भीड हुने ठाउँहरू भने सरकारले अर्को निर्णय नगर्नेबेलासम्म बन्द रहनेछन् ।