बन्द भएको नारायणगढ-मुग्लिङ सडक खण्डमा यातायात सुचारु

बन्द भएको नारायणगढ-मुग्लिङ सडक खण्डमा यातायात सुचारु

चितवन ६ साउन। कालीखोलामा पहिरो जाँदा बन्द भएको नारायणगढ-मुग्लिङ सडक खण्डमा यातायात सुचारु भएको छ।

कालीखोलामा पहिरो जाँदा बन्द भएको सडक खण्ड आज दिउँसो तीन बजेपछि खुलेको हो।

बन्द भएको सडक एकतर्फी मात्रै खुलेको छ। ‘सडकमा झरेको पहिरो पन्छाउने काम डिभिजन सडक कार्यालय भरतपुरले गरिरहेको छ।

उक्त सडकखण्ड खुले पनि खासै सवारी चलेका छैनन्। पोखरातर्फ डुम्रे, दमौली खण्डमा र काठमाडौंतर्फ धादिङको मौवा खोला तथा अन्यत्र पहिरो खसेको र पुल बगाएकोले सवारी नचलेका हुन्।



ट्रेन्डिङ