विदेशबाट आएका नेपाली अब सीधै होम क्‍वारेन्टाइन बस्‍न पाउने

विदेशबाट आएका नेपाली अब सीधै होम क्‍वारेन्टाइन बस्‍न पाउने

काठमाडौं ६ साउन। आज स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता प्राडा जागेश्वर गौतमले सरकारले ‘होम क्‍वारेन्टाइन सम्बन्धी मापदण्ड २०७७’ स्वीकृत गरेको बताउनु भयो।

यस मापदण्ड अनुसार स्थानीय निकायको सहमति र प्रत्यक्ष निगरानीमा रहने गरी १४ दिन होम क्‍वारेन्टाइन बस्‍न पाइने छ ।

यसअघि विदेशबाट आएकालाई सरकारले बनाएकाे हाेल्डिङ सेन्टरमा निश्चित समय राखेर काेराेना परीक्षणपश्‍चात् मात्र घर पठाइने गरिएकाे थियाे।

अबकाे व्यवस्थाअनुसार विदेशबाट आउने नेपाली सीधै हाेम क्‍वारेन्टाइनमा जान सक्नेछन्। उनले भने, ‘कोभिड- १९ प्रभावित देशहरुबाट स्वदेश फर्कने क्रम जारी छ। आफ्नै घरमा तोकिएको मापदण्डहरु पूरा गरी घरमा बस्न सक्छन्।’



ट्रेन्डिङ