Banner News
चितवनमा चार जना कोरोना संक्रमित थपिए

चितवन ६ साउन। आज (मंगलबार) चितवनमा चार जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा भरतपुरका चार जना पुरुषमा कोरोना देखिएको हो ।
कोरोना पुष्टि हुनेहरुमा भरतपुर १६ र २८ का एक/एक जना र भरतपुर २० का दुई जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा परीक्षण गर्दा चितवनका एक जनामा कोरोना संक्रमण देखिएको छ।