पहिरोको ढिस्कोले पुरिएर ३ वर्षका जुम्ल्याह जोडीको मृत्यु

पहिरोको ढिस्कोले पुरिएर ३ वर्षका जुम्ल्याह जोडीको मृत्यु

काठमाडौँ ६ साउन। घरमाथिबाट खसेको पहिरोको ढिस्कोले पुरिएर टोखा नगरपालिका–१ तासीडाँडामा ३ वर्षका जुम्ल्याह जोडीको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी रोशन खड्का अनुसार रामकुमार रानामगरको जुम्ल्याह ३ वर्षकी छोरी सन्ध्या राना र शचिन रानाको पहिरोले पुरिएर मृत्यु भएको हो ।

आमाबुबा खाना खान थालेको बेला उनीहरुको खेल्ने क्रममा घरमाथिबाट खसेको पहिरोको ढिस्कोले पुरिएर मृत्यु भएको डीएसपी खड्काले बताए ।

ज्यालादुरी गरेरै रामकुमारले छोराछोरी हुर्काएका थिए ।



ट्रेन्डिङ