साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन हुने

साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौं ६ साउन। सरकारले उपत्यका र अन्य जिल्ला भित्रमात्र सार्वजनिक सवारी साधन चल्ने निर्णय गरे पनि व्यवसायीले विभिन्न माग राख्दै सवारी साधन नचलाउने निर्णय गलेका यातायात व्यवसायी राष्ट्रिय महासंघले साउन ८ गतेदेखि भने सबै सार्वजनिक यातायात सञ्चालन गर्ने भएका छन्।

मंगलबार पत्रकार सम्मेलन गरेर यातायात व्यवसायीले साउन ८ गतेदेखि सबै यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन्।

मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात सञ्चालनको घोषणा गरेका हुन्।

सरकारले उपत्यका र अन्य जिल्ला भित्रमात्र सार्वजनिक सवारी साधन चल्ने निर्णय गरे पनि व्यवसायीले विभिन्न माग राख्दै सवारी साधन चलाएका थिएनन्।



ट्रेन्डिङ