PBM News
बाढीपहिरोले ढुङ्गाखानीमा सातवटा टिप्पर पुर्यो

चितवन ६ साउन। अविरल वर्षाका कारणआएको बाढीपहिरोले धादिङको बेलिघाट रोराङ गाउँपालिकास्थित जवाङ खोलाको ढुङ्गाखानीमा सातवटा टिप्पर पुरेको छ ।
बाढीको कारण टिप्परसँगै पार्किङ गरिराखेको पाँवटा एक्साभेटर पनि पुरिएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन ।
त्यस्तै पहिरोका कारण जवाङ खोला नजिकै रहेका तीनवटा घरमा क्षति पुगेको प्र्रहरीले जनाएको छ ।