२४ घन्टामा भारतमा ३७ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

२४ घन्टामा भारतमा ३७ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

एजेन्सी ६ साउन। छिमेकि मुलुक भारतमा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा ३७ हजार १ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ।

एकैदिनमा ५८७ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ। त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २८ हजार ८४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख ५५ हजार १९१ पुगेको अधिकारीहरुले जनाएका छन्। भारतमा अहिले पनि ४ लाख २ हजार ५२९ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख २४ हजार ५७८ जना संक्रमणमुक्त भएका छन्।



ट्रेन्डिङ