नेकपाको स्थायी कमिटी बैठक सुरु

नेकपाको स्थायी कमिटी बैठक सुरु

काठमाडौं ६ साउन। बारम्बार स्थगित हुदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ।

बैठक निर्धारित समयभन्दा झण्डै दुई घण्टापछि सुरु भएको हो।

गत असार १६ गतेकाे बैठकमा सरकारको समीक्षा गर्ने क्रममा केपी ओलीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दुवै पदबाट राजीनामा गर्नुपर्ने माग उठेपछि विवाद भएको थियो । त्यसयता पटक-पटक बैठक स्थगित हुँदै आएको छ।

 



ट्रेन्डिङ