नारायणी नदीको सतह बढेपछि गण्डक बराजका सबै ढोका खोलियो

नारायणी नदीको सतह बढेपछि गण्डक बराजका सबै ढोका खोलियो

चितवन ६ साउन। अविरल वर्षासंगै नारायणी नदीमा पानीको सतह बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक बराजका सबै ढोका खोलिएका छन्।

नारायणी नदीको सतह खतरामाथि पुगेपछि बराजका सबै ३६ वटा ढोका खोलिएको भारत बिहार राज्यस्थित सम्पर्क तथा भूआर्जन कार्यालय वाल्मिकी नगरका सम्पर्क अधिकारी तारासिंह थापाले बताए।

गण्डकमा मंगलबार पानीको सतह ३ लाख क्यूसेक हाराहारी पुगेको छ। ३ लाख नाघेपछि खतरा मानिन्छ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन आग्रह गरेका छन् ।



ट्रेन्डिङ