खोलाले बगाएर १ जना बेपत्ता

खोलाले बगाएर १ जना बेपत्ता

महोत्तरी ६ साउन। महोत्तरी जिल्लाको रातो खोलाले आज बिहान करीब साढे १० बजे एक स्थानीय व्यक्तिलाई बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार महोत्तरी जिल्लाको भंगहा नगरपालिका –६ बस्ने ४० वर्षीय वरेन्द्र कापरलाई  खोलाले बगाएको हो ।

साइकलमा चढी आफ्नो घर जाँदै गरेका कापर बलवा नगरपालिका–११ स्थित भगवतीपुर र कविलासाका बीचमा पर्ने खोला सवारी साधन काँधमा राखी तर्न लागेपछि अचानक आएको बाढीले बगाई बेपत्ता भएका हुन् ।

प्रहरीको टोलीले व्यापक खोजतलास गरे पनि अझै फेला परिनसकेको प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ