महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाउन नारायणकाजी श्रेष्ठको प्रस्ताव

महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाउन नारायणकाजी श्रेष्ठको प्रस्ताव

काठमाडौं ६ साउन। स्थायी कमिटी बैठक आजपनि केहि समयको लागि स्थगित भएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै श्रेष्ठले पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाउन प्रस्ताव गरेका हुन् ।

‘पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो बटमलाइन हो,’ उनले लेखेका छन्, ‘यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा एवं बिस्तार, समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो । तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔँ ।’



ट्रेन्डिङ