ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो

काठमाडौं ६ साउन। कोरोना भाइरस (कोभिड-१९) बाट ब्राजिलमा मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या अहिलेसम्म ८० हजार १२० जनाको मृत्यु भएको छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ६३२ जनाको मृत्यु भएको हो ।

ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसका २१ लाखभन्दा धेरे संक्रमित फेला परिसकेका छन् ।

ब्राजिलमा पर्याप्त मात्रामा कोरोना परीक्षण नगरिएको कारण वास्तविक संक्रमित र मृतकको संख्या अझै बढी हुन सक्ने विशेषज्ञहरुले बताएका छन् ।



ट्रेन्डिङ