सुस्त मनस्थितिकी किशोरी बलात्कार आरोपमा ३ पक्राउ

सुस्त मनस्थितिकी किशोरी बलात्कार आरोपमा ३ पक्राउ

पर्वत ६ साउन। पर्वतको महाशीला गाउँपालिका–५ लुँखुदेउरालीकी अपाङ्गता भएकी एक किशोरीलाई बलात्कार भएको पाइएको छ। सुस्त मनस्थितिकी उक्त किशोरीलाई बलात्कारपछि गर्भवती रहेको पाइएको छ। १६ वर्षीया किशोरीमाथि चार महिनाअघि बलात्कार भएको पाइएको हो। घटनाबारे यसअघि थाहा नभए पनि उनको पेट बढ्दै जान थालेपछि उनकी आमाले सोधपुछ गर्दा बलात्कृत भएको खुलेको हो। उनीमाथि गत जेठ १७ मा बलात्कार भएको बताइएको छ।

घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका तीनजना पक्राउ परेका छन्। उनीहरू ९, १२ र १४ वर्षका रहेको प्रहरीले जनाएको छ।



ट्रेन्डिङ