आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं ६ साउन। आज (मंगलबार) सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बोलाइएको छ।
पटकपटक स्थगित भइरहेको नेकपाको स्थायी कमिटी बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ।

स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षले एकआपसमा र आफू निकटका नेताहरुसँगको छलफल तीव्र पारेका छन्। हिजो प्रचण्डले आफ्नो निवास खुमलटारमा पूर्व माओवादी तर्फका स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा विवाद अन्त्यको संकेत गरेका छन्।

साउन ३ गते बसेको सचिवालय बैठकमा ओलीले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्तावबारे विभिन्न नेताका फरकफरक धारणा आइरहेका छन्।



ट्रेन्डिङ