होटल र हवाई उडान खुला गर्ने निर्णय

होटल र हवाई उडान खुला गर्ने निर्णय

काठमाडौं ६ साउन। कोरोना भाइरस (कोभिड-१९) को कारण पाँच महिनादेखि बन्द रहेको आन्तरिक तथा बाहृय उडान भदौ १ गतेबाट सुरु हुने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान पुनः सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने ११ गतेबाट आन्तरिक रोकिएको थियो ।

सरकारले साउन १५ बाट होटल व्यवसाय पनि सञ्चालन गर्न दिने तयारी गरेको छ।



ट्रेन्डिङ