पहिरोले धादिङमा एकै परिवारका तीनजनाको मृत्युु

पहिरोले धादिङमा एकै परिवारका तीनजनाको मृत्युु

धादिङ ६ साउन । पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काले अनलाइनखबरलाई बताएअनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो ।

केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षा भइरहेकाे छ । – सांकेतिक तस्बिर ।



ट्रेन्डिङ