भोटेकोशीमा बाढीको जोखिम बढ्यो, चीनले गर्यो सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा बाढीको जोखिम बढ्यो, चीनले गर्यो सतर्कता अपनाउन आग्रह

काठमाण्डाै ५ साउन। सिन्धुपाल्चोक जिल्लामा रहेको भोटेकोशीमा बाढीको जोखिम बढेको छ। चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरी फुट्न सक्ने भएकाले भोटेकोशीमा बाढीको जोखिम बढेको छ ।

खासामा ठूलो पानी परिरहेकाले न्यालममा रहेको पोखरी फुट्न सक्ने जानकारी चिनियाँ अधिकारीले दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन भन्दै जिल्ला प्रशासनले सुचना जारि गरेको छ।



ट्रेन्डिङ