लगातारको वर्षाले पृथ्वी राजमार्ग प्रभावित, मौवाखोला छेउ बाढीले बगायो

लगातारको वर्षाले पृथ्वी राजमार्ग प्रभावित, मौवाखोला छेउ बाढीले बगायो

चितवन ५ साउन । भारी वर्षासँगै आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० मा पृथ्वी राजमार्गको सडक भत्काएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० मा पृथ्वी राजमार्गको भत्किएको सडक ।चितवन र धादिङ जोड्ने मौवा खोला पुलको धादिङपट्टी पर्ने सडक बाढीले भत्काएको बेनीघाट रोराङ -१० का वडाध्यक्ष अम्बर गुरुङले बताए । उनका अनुसार मौवा खोलाले पुलको छेउपट्टी कटान गरेकोले यातायात अवरुद्ध छ ।

पहिरोले वडाध्यक्ष गुरुङको ३ वटा घर बगाएको छ भने त्रिशुलीपट्टीका घरहरु जोखिममा परेको छ । उनले भने, पानी रोकिएको छैन । यहाँका स्थानीय के गर्ने र कसो गर्ने भनेर अत्तालिएका छन् । किरानाका सामानहरु सुरक्षित ठाउँमा सार्न थालिएको छ ।

चितवन र धादिङ जोड्नने मोवा खोला पुलको एक छेउ भाग बाढिले बगाउदा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । अबिरल वर्षाको कारण आएको बाढीले सडक भत्काएको मुग्लिन नारायणगढ सडकका इन्जिनियर शिव खनालले जानकारी दिए । बाढिले पुलको एप्रोच सडकको १२ मिटर भाग बगाएको छ । अबरुद्ध बाटो मर्मत गरेर यातायात सन्चालनको तयारी भैराखेको खनालले बताए ।



ट्रेन्डिङ