चेपाङको घरमा आगजनी गरिएको घटना प्रति काँग्रेस चितवनद्धार खेद व्यक्त

चेपाङको घरमा आगजनी गरिएको घटना प्रति काँग्रेस चितवनद्धार खेद व्यक्त

चितवन ५ साउन । माडीको वडा नं. ९ अन्तरगत कुसुम खोलामा रहेको सुकुम्वासी बस्तीमा चितवन राष्ट्रिय निकुञ्जले आगजनी गरी घर वस्ती भत्काएको घटना प्रति नेपाली काँग्रेस चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
काँग्रेस चितवनले मौलिक अधिकार विरोधीहरुले हात्ती सहित घरमा आगजनी गरिएको भन्दै खेद व्यक्त गरेको छ ।

२०५३ सालदेखि उक्त ठाउँमा स्थानीय सिमान्तकृत चेपाङ लगायत अन्य केहि मानिसहरुको बसोबास छ । लामो समय देखि स्थायी बसोबास र जग्गाधनी पुर्जा प्राप्तीका लागि पटक पटक नेपाल सरकार समक्ष आफ्ना मागहरु राख्दै आएका छन् । उनीहरुको माग संवोधन गर्नुको साटो बसोबास गरिरहेको घरमा आगो लगाउने घटना खेद जनक रहेको विज्ञप्तिमा भनिएको छ । काँग्रेस चितवनका सचिव उत्तम जोशीले हस्ताक्षर गरेको विज्ञप्तिमा पीडितलाई उचित क्षतिपूर्ती सहित उनीहरुलाई तत्काल बसोबासको व्यवस्था मिलाउन सरकार सँग माग गरिएको छ ।

 



ट्रेन्डिङ