नारायणी नदी किनारमा राखिएको हात्तीको एउटा प्रतिमा बाढीले बगायो – भिडियो सहित

नारायणी नदी किनारमा राखिएको हात्तीको एउटा प्रतिमा बाढीले बगायो – भिडियो सहित

नारायणगढ ५ साउन । नारायणी नदीमा आएको बाढीले नारायणी नदी किनारमा बनाएको हात्तीको दुईवटा प्रतिमा ( मुर्ती )मध्ये एउटा बगाएको छ । डोरीले बाँधेर राखिएको हात्तीको प्रतिमालाई बाढीले बगाएको हो । पानीको बहाब खतराको विन्दु पार गरेको छ ।

निरन्तर परेको पानीले पानीको बहाब झन बढ्दो क्रममा छ । नारायणी नदी वरिपरिका स्थानीयलाई उच्च सावधानी अपनाउन चितवन प्रशासनले आग्रह गरेको छ । देवघाट स्थित जलमापन केन्द्रको पछिल्लो विवरण अनुसार नारायणी नदीमा पानीको बहाव खतराको विन्दु पार गरेको छ ।

जलमापन केन्द्र देवघाटबाट प्राप्त विवरणअनुसार देवघाटनजिक नारायणी नदीको सतह आठ दशमलव ५१ मिटर पुगेको छ । सात दशमलब तीन मिटर तह पार गरे चेतावनी तह र आठ मिटर पार भए खतराको तह पार गरेको मानिन्छ ।

नारायणगढ पुल नजिक भने पानीको सतह चेतावनी विन्दुमा छ । नारायणी पुलनजिक भने नदीको सतह ११ दशमलव ७२ मिटर पुगेको छ । पुल नजिक नारायणी नदीको तह ११ मिटर पार भए चेतावनीको तह नाघेको मानिन्छ ।
निरन्त परिरहेको वर्षाले नदीको बहाव बढ्दो क्रममा नै रहेको छ । नारायणी नदीमा बाढी आउँदा पश्चिम चितवनको मंगलपुर, गुञ्जनगर, दिव्यनगर र मेघौलीमा कटान र डुबानको खतरा रहन्छ । मेघौली नियरेचोकमा यसअघि असार अन्तिममा आएको बाढीले नदीको तटबन्धसमेत भत्काएको थियो । नवलपुर क्षेत्रमा पनि जोखिम बढेको छ ।

नारायणी नदी किनारमा बनाइएको हात्तीको प्रतिमालाई यसरी बगायो ।

नारायणी नदीमा आएको बाढीले नदी किनारमा बनाइएको हात्तीको प्रतिमालाई यसरी बगायो । भिडियो – अजिता अधिकारीको फेजबुक पेजबाट ।

Gepostet von Prime Broadcasting Media pvt am Montag, 20. Juli 2020



ट्रेन्डिङ