निकुञ्ज प्रशासनको ज्यादतीप्रति आपत्तिः जिसस चितवन

निकुञ्ज प्रशासनको ज्यादतीप्रति आपत्तिः जिसस चितवन

भरतपुर ५ साउन । माडी नगरपालीका वडा नं– ९ कुसुमखोलामा रहेको सुकुम्बासी चेपाङ्ग समुदायका घरहरुमासाउन ४ गते चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनीगर्नुका साथै हात्तीलगाएर घरहरु भत्काएकोमा जिल्ला समन्वय समिति चितवने यस घटनाको घोर भत्र्सना गरेको छ । जिसस चितवनप्रमुख कृष्णकुमार डल्लाकोटीले सोमबार एक विज्ञप्ती जारी गरी निकुञ्ज प्रशासनबाट सीमान्तकृत सुकुम्वासी चेपाङ समुदायलक्षितनिकृष्ट र अमानवीयकार्य भएकोभन्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएकाहुन् ।

लामो समयदेखि बस्दै आएको सुकुम्बासी वस्तीमा उपर्युक्तअर्को विकल्पविनै हस्तक्षेप गर्ने निकुञ्ज प्रशासनको निन्दनीयकार्यप्रति खेद व्यक्तगर्दै घरबार विहीनबनार्ईएकाती सुकुम्बासी चेपाङ्गहरुको उचितव्यवस्थापन र क्षतीपूर्तीको लागी सम्बन्धितनिकायको ध्यानाकर्षण गराइएको छ ।

‘वि.सं. २०५३ सालबाट सो ठाउँमा बस्दै आएका सुकुम्बासी चेपाङ्गहरुलाई बसोवास गरी आएको स्थानबाट हटाउन स्थानीय सरकार वा सरोकारवालाकुनै पनि निकायसँग समन्वयनगरी वर्षात्को समयमा अमानवीयता पूर्वक उनीहरुको लत्ता, कपडा, महत्वपूर्ण कागजात तथा निमेक गरेर कमाएको रकम तथा अन्नपात समेत पूर्णरुपमा नष्ट हुनेगरी २ वटा घरमा आगो लगाउने तथा ८ वटा घरहरु हात्ती लगाएर भत्काउने जस्तो निकृष्ट र अमानवीय कार्य भएको छ, विज्ञप्तीमा उल्लेख छ ।



ट्रेन्डिङ