सुकुम्बासीकाे घरमा आगाे लगाएको घटनाको चाैतर्फी आलोचना

सुकुम्बासीकाे घरमा आगाे लगाएको घटनाको चाैतर्फी आलोचना

चितवन ४ साउन ।  निकुञ्ज प्रशासनले माडी-९, कुसुमखोला निवासी सुकुम्बासीहरूको घरमा आगजनी तथा हात्ती लगाई क्षती पु-याएको घटनाकाे सर्वत्र विराेध भईरहेकाे छ । निकुञ्जले गरेको कामप्रति खेत व्यक्त गरिरहेका छन् । सामाजिक संजालहरू सुकुम्बासीकाे घरमा आगाे लगाएको विषयले भरिएका छन् । सर्वसाधारण नागरिक देखि नेता कार्यकर्ता, अधिकारकर्मी सबै आगाे लगाएको घटनाप्रति आपत्ति जनाईरहेका छन् । माडी  नगरपालिकाले विज्ञप्ति नै जारी गरेर घटनाको भर्त्सना गरेको छ ।

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले स्थानीय सरकार वा सरोकारवालाहरूसंग कुनै समन्वय नगरी सिधै सुकुम्बासीहरूको घरमा आगजनी गरेकाेे घटना प्रति खेद व्यक्त गरेका छन् ।  घरबारबिहीन बनाइएका भूमिहीनहरूको उचित व्यवस्थापनमा तत्कालै ध्यान दिन नगरपालिकाले सरकार समक्ष अनुरोध  समेत गरेको छ । यसैगरी  आगलागी घटनाप्रति नेकपा माडी नगर कमिटिले समेत भत्र्सना गरेको छ । नेकपा माडी नगर कमिटिका अध्यक्ष प्रभु प्रसाद महतो र सचिव नारदमणी पौडेलले एक विज्ञ्ञप्ति  जारी गर्दै निकुञ्जले शनिवार माडी–९, कुसुमखोला निवासी दाङ बहादुर प्रजा र दीप बहादुर चेपाङ्गको घरमा आगजनी गरेको तथा अन्य ८ वटा घरहरू हात्ती लगाई घरमा आगजनी गरिएको विषय सहन लायक नभएको उल्लेख छ ।



ट्रेन्डिङ