एक अस्वेत नागरिकमाथि स्कटल्याण्डमा ज्यादती, जर्ज फ्लोइडलाई झैँ यातना दिएको भिडिओ भाइरल

एक अस्वेत नागरिकमाथि स्कटल्याण्डमा ज्यादती, जर्ज फ्लोइडलाई झैँ यातना दिएको भिडिओ भाइरल

एजेन्सी ४ साउन। एक अस्वेत नागरिकमाथि स्कटल्याण्डमा ज्यादती गरेको भन्दै एक महानागरीय सुरक्षाकर्मी अफिसरलाई बर्खास्त गरिएको छ ।

अस्वेत नागरिकलाई दुई गोरा महानागरीय प्रहरी अधिकृतले पक्राउ गरी घाँटी र टाउकोमा थिचेर यातना दिएको भिडिओ भाइरल बनेपछि अमेरिकाको फ्लोइड हत्याकाण्डकै जस्तो मुद्दा उठेको छ ।

भिडिओमा ती अस्वेत युवकलाई भुइामा ढलाएर घाँटी र टाउकोमा दुईजना गोराले थिचिरहेका छन् । यस घटनापछि एक महानगरीय प्रहरी अधिकृत बर्खास्त भएका छन् । अमेरिकाको ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियान बेलायतमा समेत प्रभावकारी भइरहँदा स्टकल्याण्डमा यस्तो घटना भएको हो । जुन भिडिओ भाइरल बनेपछि नयाँ मुद्दा उठ्न थालेको छ ।

यस घटनाबारे विस्तृत विवरण आइसकेको छैन । तर घटनामा संलग्न प्रहरी अधिकृतलाई बर्खास्त गरी अदालत उपस्थित गराउने बताइएको छ ।



ट्रेन्डिङ