कर्णाली प्रदेशमा विद्यालय खोल्ने तयारी

कर्णाली प्रदेशमा विद्यालय खोल्ने तयारी

काठमाडौं ४ साउन। कोरोना महामारी रोकथामका लागि सरकारले विद्यालय बन्दाबन्दी जारी राख्ने निर्णय गरे पनि कर्णाली प्रदेश सरकारले स्वास्थ्य जोखिम नभएका स्थानमा विद्यालय खोल्ने तयारी गरेको छ।

केन्द्र सरकारसगं कोरोना भाइरसको संक्रमण नदेखिएका ठाउँमा विद्यालय खोल्नका लागिलाई प्रदेश सरकारले गत जेठ र असारमा दुई पटक लिखित अनुमति मागेकामा हालसम्म कुनै निर्णय प्राप्त नभएकाले अब प्रदेश र स्थानीय तहमै निर्णय गरेर विद्यालय खोल्न लागिएको हो।

मुलुकभर बन्दाबन्दी जारी गर्ने अधिकार केन्द्रको भए पनि विद्यालय तहको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी संविधानतः स्थानीय तहको भएकाले तिनले निर्णय गरेर विद्यालय खोल्न प्रदेश सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

प्रदेश सरकारको सो प्रस्ताव संघीय सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत कोरोना रोकथाम र व्यवस्थापन केन्द्र (सिसिएसी) मा पुगेको जनाइएको छ। प्रमुख सचिव पाण्डेले संघीयता केन्द्रीयकरण र स्थानीयकरणको दोसाँधमा हुनाको स्थितिले केन्द्रले गत चैत ५ गतेको निर्णयबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) रोक्दा सबैतिर प्रभावित हुनुपरेको जनाउँदै त्यतिबेला पनि आफूहरु परीक्षा र विद्यालय सञ्चालनको स्थितिमा रहेको स्पष्ट पारे।



ट्रेन्डिङ