२४ घण्टामा १ सय ५६ जना कोरोना भाइरस संक्रमित थपिए

२४ घण्टामा १ सय ५६ जना कोरोना भाइरस संक्रमित थपिए

चितवन ४ साउन। देशभर पछिल्लो २४ घण्टामा १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।

देशभर २७ वटा प्रयोगशालामा तिन हजार ३ हजार ७ सय ४१ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो। हालसम्म ३ लाख १५ हजार बढीको पिसिआर परीक्षण भएको छ।

विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ५८ जना कोरोनामुक्त भएका छन्। यसहित हालसम्म ११ हजार ६ सय ९५ जना कोरोनाबाट निको भएका छन्।

त्यस्तै हालसम्म मृतक ४० जनामा काेराेना पुष्टि भएकाे छ।



ट्रेन्डिङ