सार्वजनिक सवारीसाधान भोलिदेखि सञ्चालन हुने

सार्वजनिक सवारीसाधान भोलिदेखि सञ्चालन हुने

चितवन ४ साउन। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोलिदेखि सार्वजनिक सवारीसाधान सञ्चालनमा ल्याउने भएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सोमबार बिहानबाट यातायात सञ्चालन हुने जानकारी दिए ।सरकारको निर्णयअनुसार भोलिदेखि सार्वजनिक सवारीसाधान सञ्चालनमा आउने भएको हो।

असार २६ गतेदेखि नै सरकारले सवारीसाधन सञ्चालन गर्ने निर्णय गरे पनि विभिन्न माग राख्दै आएका व्यवसायीहरु विभागमा आइतबार भएको छलफलपछि सवारीसाधान सञ्चालन गर्न तयार भएका हुन् ।

मौदि्रक नीतिमार्फत व्यवसायीहरुले उठाउँदै आएका मागहरु सामाधान अुनसक्ने भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघले सवारीसाधान सञ्चालन गर्न तयार भएको महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले बताए।



ट्रेन्डिङ