कोरोनाबाट मृत्यु भएका वृद्धकाे परिवार सबैमा संक्रमण पुष्टि

कोरोनाबाट मृत्यु भएका वृद्धकाे परिवार सबैमा संक्रमण पुष्टि

चितवन ४ साउन। सप्तरी राजविराजमा कोरोना भाइरसबाट मृत्यु भएका वृद्धको परिवारका सबै सदस्यमा संक्रमण देखिएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृतकका परिवारका पाँचै जना सदस्यको नतिजा पोजेटिभ आएको छ।

पोजेटिभ देखिनेमा मृतककी श्रीमती, छोरा-बुहारी र दुई नाति-नातिनी छन्। उनीहरू ११ वर्ष देखि ६७ वर्ष उमेरका रहेको यादवले जनाए।

गत शुक्रबार कोरोना संक्रमित वृद्धको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो। मृत्युपछि उनका परिवारका सदस्यको राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा परीक्षण गर्दा सबैमा संक्रमण पुष्टि भएको हो।



ट्रेन्डिङ