महासंघले तत्काल सार्वजनिक यातायात नचलाउने

महासंघले तत्काल सार्वजनिक यातायात नचलाउने

चितवन ४ साउन। मजदुरको स्वास्थ्य सुरक्षा, कोरोना बीमा र गाडी रोक्ने निश्चित स्थान नतोके सम्म सार्वजनिक यातायात नचलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बताएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तत्काल सार्वजनिक यातायात नचलाउने भएको छ।

‘गाडी खोल्न लाग्यो भनेर भ्रामक समाचार बाहिरिएको रहेछ। हामी कार्यविधिको लागि छलफलकै क्रममा छौं। महासघंले गाडी खोल्ने निर्णय गरेको छैन,’ सिटौलाले भने।‘हाम्रा मजदुरलाई स्वास्थ्य सुरक्षाको उपकरण, बीमा लगायतको व्यवस्था नभई कसरी काम गर्न पठाउने, भोलि केही भैहाल्यो भने जवाफदेही को हुन्छ?,’ उनले भने।

महासंघले गाडी नचलाउने घोषणा गरिरहे पनि साझा यातायात, मयुर यातायात, सुन्दर यातायात, केही माइक्रो र ट्याम्पु भने राजधानीका सडकमा देखिन थालेका छन्।



ट्रेन्डिङ