झलनाथ खनाल, माधव नेपाल र नारायणकाजीसहित प्रचण्ड निवासमा बैठक

झलनाथ खनाल, माधव नेपाल र नारायणकाजीसहित प्रचण्ड निवासमा बैठक

काठमाडौं ४ साउन। आज (आइतबार) बिहान सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही सचिवालय सदस्यको बैठक बसेको छ।

बिहान ९ बजेदेखि जारी बैठक प्रचण्ड निवास खुमालटारमा बसेको छ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।

नेता नेपालनिकट केही स्थायी समिति सदस्यहरू पनि खुमलटार पुगेका छन्।

हिजो बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। यस विषयबाट वरिष्ठ नेता माधव नेपाल असन्तुष्टि देखिन्छन। यहि बिचमा आज प्रचण्ड निवास खुमालटारमा बिहान ९ बजेदेखि  बैठक बसेको छ।

 



ट्रेन्डिङ