आँबुखैरेनी-गोरखा सडकखण्ड अवरूद्ध

आँबुखैरेनी-गोरखा सडकखण्ड अवरूद्ध

गोरखा ४ साउन। गए राती परेको वर्षासँगै आएको लेदोमाटोसहितको पहिरोले आँबुखैरेनी-गोरखा सडकखण्ड अवरूद्ध भएको छ।

लेदोमाटोसहितको पहिरोले गोरखा नगरपालिका वडा नम्बर १२ स्थित सातकिलो घुम्तीमा सडक अवरूद्ध भएको।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका अनुसार बिहानैदेखि पहिरो हटाउने काम जारी छ।

लेदोमाटोसहितको पहिरो भएकाले पानी परेन भने अब एक घण्टामा सडक सुचारू हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ।



ट्रेन्डिङ