एक सातामा कोरोनाबाट विदेशमा १६ जना नेपालीको निधन

एक सातामा कोरोनाबाट विदेशमा १६ जना नेपालीको निधन

काठमाडौं ४ साउन। एक सातामा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट विदेशमा १६ जना नेपालीको निधन भएको छ।
यो साता कतारमा ८ जना, युएईमा ५ जना र कुवेतमा ३ जनाको निधन भएको गैरआवासीय नेपाली संघले जानकारी गरायो।

कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरण शर्माका अनुसार यो सातामा भारत, साउदी, युएई र कुवेतमा ९ सय ५० जना थप नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको छ।

शनिबार साँझसम्म विदेशमा १ सय ६० जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ।

विदेशमा कोरोना सक्रमित भएका ३० हजार ५ सय ७१ जनामध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।



ट्रेन्डिङ