डुबेर एक बालिकासहित तीन जनाको मृत्यु

डुबेर एक बालिकासहित तीन जनाको मृत्यु

जनकपुरधाम ४ साउन। छुट्टाछुट्टै ठाउँमा डुबेर सर्लाहीमा एक बालिकासहित तीन जनाको मृत्यु भएको छ ।

गोडैता, बागमती र हरिपूर्वा नगरपालिकामा १–१ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोडैता नगरपालिका ८ बस्ने मानसिक सन्तुलन ठीक नभएका २५ वर्षीय विकाश  कुमार दास हुन। उनको घरबाट ५ सय मिटर दक्षिण रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, बागमती नगरपालिका ६ बस्ने गोबिन्द सुवेदीकी ४२ वर्षीया श्रीमती अम्बिका काफ्लेको मानपुर शाखाको नहरमा डुबेर मृत्यु भएको छ । मानसिक सन्तुलन ठीक नभएकी उनी बागमती नगरपालिका ८ स्थित माइतमा बस्दै आएकी थिइन् ।

त्यस्तै, बलवा नगरपालिका ९ घर भई हरिपूर्वा नगरपालिका ७ बसतपुर बस्दै आएका बिकाउ ठाकुरकी ७ वर्षीया छोरी चाँदनी ठाकुरको पनि नहरमा डुबेर मृत्यु भएको छ ।

 



ट्रेन्डिङ