बनारसमा पैसा दिएर कपाल मुण्डन गराएकाे खुलासा

बनारसमा पैसा दिएर कपाल मुण्डन गराएकाे खुलासा

काठमाडौं ३ साउन । भारतको बनारसमा केही दिनअघि जबरजस्ती कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको खुलेको छ । उनलाई स्थानीय हिन्दु सेनाका सदस्यले १ हजार भारतीय रुपैयाँ दिएर ‘नेपाली’ बनाएको रहस्य खुलेको हो ।

हाल प्रहरी अनुसन्धानमा जबरजस्ती कपाल खौरिन लगाइएको भनिएका नेपाली नागरिक नभएको खुलेको हो । वाराणसीका एसएसपी अमित पाठकका अनुसार भिडियोमा कपाल खौरिएको व्यक्ति भारतीय नागरिक नै हुन् ।

प्रहरीले ती व्यक्तिलाई हिरासतमा लिएर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा उनको नाम धर्मेन्द्र सिंह रहेको खुलेको हो । उनले १ हजार रुपैयाँ लिएर कपाल खौरिएका स्थानीय मिडियाले उल्लेख गरेको छन् ।

लकडाउनको कारण आर्थिक अवस्था कमजोर बन्दै गएपछि १ हजारको लोभमा विश्व हिन्दु सेनाका सदस्यहरूबाट उनको कपाल खौरिएको प्रहरीले जनाएको छ ।

कपाल खौरिएपछि शिरमा जय श्रीरामको नारासमेत लेखेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी पनि गरेका थिए । उनी त्यहाँ एउटा साडी पसलको काम गर्ने गरेको पनि भारतीय सञ्चार माध्यमले जनाएका छन् ।



ट्रेन्डिङ