२४ घण्टामा ५७ जना कोरोना भाइरस संक्रमित थपिए

२४ घण्टामा ५७ जना कोरोना भाइरस संक्रमित थपिए

चितवन ३ साउन। देशभर पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ ।

देशभर २७ वटा प्रयोगशालामा तिन हजार ३ सय ३१ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार सनिबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या १ सय ३ छ भने हालसम्म निको हुनेको कुल संख्या ११ हजार ६ सय ३७ रहेको छ।



ट्रेन्डिङ