चौँरीदेउराली गाउँपालिका मदिरा निषेधित पालिका

चौँरीदेउराली गाउँपालिका मदिरा निषेधित पालिका

काभ्रे ३ साउन। काभ्रे कोशीपारिको चौँरीदेउराली गाउँपालिकालाई मदिरा निषेधित पालिका घोषणा गरेको छ । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम र छैटौँ गाउँसभा सम्पन्न गर्दै घरेलु उत्पादित मदिरा तथा आयातीत सबैखाले मादक पदार्थ ओसारपसार एवं खरिद–बिक्रीमा पूर्ण रुपले प्रतिबन्ध लगाएको जनाएको हो।

सभाले गाउँपालिकाभित्र साउन १ गतेदेखि लागू हुनेगरी घरेलु उत्पादित रक्सी तथा आयातीत सबै खाले मादक पदार्थको व्यावसायिक उत्पादन, ओसारपसार तथा खरिद–बिक्रीमा पूर्ण रुपले प्रतिबन्ध एवं निषेध गरिएकाले सम्बन्धित पसल व्यवसायी, ढुवानी व्यवसायी तथा जनसमुदायलाई सो निर्णयको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

गाउँपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नीति तथा कार्यक्रम र गाउँ सभाले गरेको निर्णयलाई बर्खिलाप हुने गरी कुनै क्रियाकलाप गरिएको पाइएमा कानूनअनुसार कार्वाही हुने जनाएको छ ।



ट्रेन्डिङ