यातायात व्यवसायीले केही दिनभित्रै सार्वजनिक सवारी चलाउने

यातायात व्यवसायीले केही दिनभित्रै सार्वजनिक सवारी चलाउने

काठमाडौं ३ साउन। मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायीले केही दिनभित्रै सार्वजनिक सवारी चलाउने तयारी थालेका छन्।

उनीहरुले बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग राखेका थिए । मौदि्रक नीतिले माग सम्बोधन गरेपछि अब सार्वजनिक यातायात खुलाउन व्यवसायीहरु तयारीमा जुटेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले २-३ दिनभित्रै सार्वजनिक सवारीहरु चलाउनेबारे निर्णय हुने बताएको छ ।

सरकारले गत असार २६ गतेबाट जिल्लाभित्र र काठमाडौं उपत्यकाभित्रको सार्वजनिक सवारी खुला गरेको थियो । यातायात व्यवसायीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरेकाले अधिकांश यातायात कम्पनीले अझै सेवा सुरु गर्न सकेका छैनन् ।

यातायात व्यवसायीहरुले साउन ७ गतेबाट सकारसँग वातावरण सहज बने लामो दूरीको यातायात पनि सञ्चालन गर्न सकिने प्रस्ताव पनि गरेका छन् । पछिल्लो निर्णयअनुसार सरकारले गरेको ‘लुजडाउन’ साउन ७ गतेसम्मका लागि छ ।



ट्रेन्डिङ