स्थानीय बासिन्दाले गरे प्रहरीमाथी ढुंगामुढा प्रहार

स्थानीय बासिन्दाले गरे प्रहरीमाथी ढुंगामुढा प्रहार

बाजुरा ३ साउन। आज (शनिबार) बाजुरामा स्थानीय बासिन्दाले ढुंगामुढा प्रहार गर्दा दुई जना प्रहरी घाइते भएका छन्।

बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ७ मा स्थानीयहरुबीच विवाद भएपछि पुगेको प्रहरी टोलीमाथि शनिबार स्थानीयले ढुंगामुढा प्रहार हुँदा असई दिलिप सिंह महरा र प्रहरी जवान भीम बहादुर रौले घाइते भएका हुन्।

घटनामा संलग्नहरुको खोेजी गरिरहेको प्रहरी टोलीमाथि गाउँलेले ढुंगामुढा प्रहार गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए।

घाइतेहरुको बयलपाटा अस्पताल अछाममा उपचार भइरहेको उनले बताए। प्रहरीमाथि आक्रमण गर्नेहरुको खोजी भइरहेको छ।



ट्रेन्डिङ