पूर्वडिआइजी रञ्जन कोइरालालाइ सर्वोच्च अदालतद्वारा दोषी ठहर

पूर्वडिआइजी रञ्जन कोइरालालाइ सर्वोच्च अदालतद्वारा दोषी ठहर

काठमाडौं ३ साउन। श्रीमती हत्यको अभियोगमा ०७१ बैशाख ७ गते सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालालाइ सर्वोच्च अदालतले श्रीमतीको हत्या गरी जलाएको आरोपमा दोषी ठहर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र तेजबहादुर केसीको इजलाशले कोइरालाको मुद्दामा फैसला सुनाएको हो।

सर्वोच्चले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै कोइरालालाई अपराधबाट उन्मुक्ति दिन नमिल्ने ठहर गरेको हो। २०७३ जेठ २३ गते कोइराला र तारा रेग्मीसहितलाई विपक्षी बनाउँदै सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको थियो। कोइरालाको हकमा उच्च र जिल्लाले दोषी ठहर गरे पनि प्रेमिका रेग्मीको हकमा फैसला चित्त नबुझेको भन्दै सरकारी पक्ष सर्वोच्च पुगेको थियो। सरकारको पुनरावेदन लगत्तै कोइराला पक्षबाट पनि मुद्दा सर्वोच्च लगिएको थियो। उक्त मुद्दामा चार वर्षपछि सर्वोच्चले फैसला सुनाएको हो।

२०६८ पुस २७ गते कोइरालाले बूढानिलकण्ठस्थित घरमा श्रीमती गीता ढकाल कोइरालाको घाँटी थिचेर हत्या गरी शव मकवानपुरकाे टिस्टुङमा जलाएको पाइएको थियो।



ट्रेन्डिङ