एकैदिन भेटिए आजसम्मकै धेरै संक्रमित

एकैदिन भेटिए आजसम्मकै धेरै संक्रमित

एजेन्सी ३ साउन। शुक्रबार कोरोना संक्रमित संख्या दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको छ। विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरसको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको जनाएको हो।

हिजो (शुक्रबार) २४ घण्टाको अवधिमा आजसम्मकै धेरै संक्रमित फेला परेको उसले जनाएको छ।

शुक्रबार एकैदिन २ लाख ३७ हजार ७ सय ४३ जना संक्रमित फेला परेपछि कोरना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको हो।शुक्रबारसम्म विश्वमा कोरोना संक्रमितको कुल संख्या १४ मिलियनको नजिक पुगेको छ। यस रोगका कारण मृत्यु हुने संख्या ५ लाख ९० हजार बढी भइसकेको छ।

थपिएका संक्रमितमध्ये धेरै अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाबाट रहेका छन्।

 



ट्रेन्डिङ